काठमाडौं । टिम राजुबाट करण राई ‘द भ्वाइस अफ नेपाल सिजन–४’ को विजेता बनेका छन् । शुक्रबार सम्पन्न भएको ग्र्यान्ड फिनालेमा चार प्रतिस्पर्धीलाई हराउदै करण सिजन ४ को विजेता बनेका हुन् ।
विजेता करण राईले २५ लाख नगद, एन १६० पल्सर बाइक, साढे दुई तोला सुनको चेनलगायत पुरस्कार प्राप्त गरेका छन् । विजेतासँगै अन्य तीन जना रनर अपले पनि विशेष पुरस्कार प्राप्त गरेका छन् ।
‘द भ्वाइस अफ नेपाल सिजन–४’ को थर्ड रनरअप (चौँथो) साहिल लिम्बू, सेकेन्ड रनरअप (तेस्रो) योगेश मगर र फस्र्ट रनरअप सबिना बनिन् ।
४२ हजार जनाको आवेदनबाट १२० हुँदै फिनालेसम्म आइपुग्दा ४ कोचका ४ प्रतिस्पर्धी बाँकी रहेका थिए । ‘ब्लाइण्ड’, ‘नकआउट’ ‘लाइभ’ शो हुँदै फिनालेमा कोच राजेशपायलका तर्फबाट सबिना योङहाङ लिम्बू, कोच प्रविशाबाट साहिल लिम्बू, कोच प्रमोदबाट योगेश मगर र कोच राजुबाट करण राई प्रवेश गरेका थिए ।
‘भ्वाइस अफ नेपाल’ पहिलो सिजन सिडी विजय अधिकारीले जितेका थिए । दोस्रो सिजन राम लिम्बू र तेस्रो सिजनको विजेता किरण गजमेर बनेका थिए । लाइभ शोअघि कोचकै सर्वाधिकार रहने र कोचले छानेका प्रतिस्पर्धी लाइभ शो मा प्रवेश गर्ने नियम छ । तर, लाइभ शो पश्चात् दशर्ककको भोटका आधारमा भोट बटुल्दै प्रतिस्पर्धीहरु अघि बढ्छन् ।
त्यहिँ भोटका आधारमा आफ्ना अन्य प्रतिस्पर्धीलाई पाखा लगाउँदै भ्वाइस अफ नेपाल सिजन ४ को अन्तिम ४ मा चार प्रतिीपर्धीलाई उछिन्दै करण राई सिजन ४ को विजेता बन्न सफल भए ।