काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन–४’ को फिनाले आगामी शुक्रबार हुँदैछ । र, शुक्रबार चौँथो सिजनले नयाँ विजेता पाउनेछ । ४२ हजार जनाको आवेदनबाट १२० हुँदै फिनालेसम्म आइपुग्दा बाँकी रहेका ४ प्रतिस्पर्धीमध्ये एक जना विजेता हुनेछन् ।
‘ब्लाइण्ड’, ‘नकआउट’ ‘लाइभ’ शो हुँदै फिनालेमा कोच राजेशपायलका तर्फबाट सबिना योङहाङ लिम्बू, कोच प्रविशाबाट साहिल लिम्बू, कोच प्रमोदबाट योगेश मगर र कोच राजुबाट करण राई प्रवेश गरेका थिए । र, उनीहरुमध्ये एक जना आगामी शुक्रबार विजेता घोषणा हुँदैछन् ।
‘भ्वाइस अफ नेपाल’ पहिलो सिजन सिडी विजय अधिकारीले जितेका थिए । दोस्रो सिजन राम लिम्बू र तेस्रो सिजनको विजेता किरण गजमेर बनेका थिए । लाइभ शोअघि कोचकै सर्वाधिकार रहने र कोचले छानेका प्रतिस्पर्धी लाइभ शो मा प्रवेश गर्ने नियम छ । तर, लाइभ शो पश्चात् दशर्ककको भोटका आधारमा भोट बटुल्दै प्रतिस्पर्धीहरु अघि बढ्छन् ।
त्यहिँ भोटका आधारमा आफ्ना अन्य प्रतिस्पर्धीलाई पाखा लगाउँदै भ्वाइस अफ नेपाल सिजन ४ को अन्तिम ४ मा यी चार अनुहार आइपुगेका छन् । तर, अब यी चारमध्ये को सिजन ४ को विजेता बन्छन् त्यो शुक्रबारमात्र थाहा हुनेछ ।