कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा र गगन थापाबीच प्रतिस्पर्धा
  • मूलधार

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।

दलको नेताका लागि उम्मेदवारी दिने भनी यसअघि सार्वजनिक धारणा राख्दै आएका कांग्रेस महामन्त्री थापाले उम्मेदवारी दिनुहुने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।

कांग्रेस संसदीय दलको उम्मेदवारी दरखास्त दिन आज दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ मा हुँदैछ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।

  • December 20, 2022 प्रकाशित
  • सम्बन्धित