काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफूलाई नहुने आरोप लगाउने राष्ट्रिय दलित आयोगलाई कारबाही गर्न माग गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर साम्पाङले नहुने आरोप लगाउने र जातिय सद्भाव भड्काउने राष्ट्रिय दलित आयोगलाई कारबाही गर्न सम्पूर्ण नेपालीसमक्ष माग गरेका हुन् ।
उनले लेखेका छन्,‘मलाई नहुने आरोप लगाउने र जातिय सद्भाव भड्काउने राष्ट्रिय दलित आयोगलाई कारवाही गर्न म पनि माग गर्दछु ! सम्पूर्ण नेपाली समाजको ध्यानाकर्षण गराउन चाहन्छु !- नगर प्रमुख, धरान !’
पटकपटक आफूले कुनै जाति विशेषलाई लक्षित गरेर स्टाटस नलेखेको भन्दा पनि आयोगले फोहोरी राजनीति गरेर समाज भाँड्ने नियत राखेको पनि मेयर साम्पाङको आरोप छ ।
उनले भनेका छन्, ‘मैले १० चोटि कुनै जाति विशेषलाई लक्ष्यित गरेर लेखेको होइन भन्दा मनन नगर्ने राष्ट्रिय दलित आयोगको फोहोरी राजनीति गरेर समाज भाँड्ने नियत देखिन्छ ! यो आयोगको विरुद्ध सम्पूर्ण समानता चाहने न्याय प्रेमी नेपालीहरुलाई एक जुट बनी उत्रन पर्ने बेला आएको छ ! जब सम्म यस्ता तत्व समाजमा रहन्छ तब सम्म विभेद र द्वन्द रहन्छ !’