भ्वाइस अफ नेपालको फाइनलमा सबिना र साहिल प्रवेश, बाहिरिए पदम र प्रिज्वल
  • मूलधार

काठमाडौ । भ्वाइस अफ नेपाल सिजन ४ को सेमिफाइनलबाट टिम राजेश र टिम प्रविशाबाट क्रमशः सबिना योङहाङ र साहिल लिम्बू फाइनलमा प्रवेश गरेका छन् । आफ्ना निकटतम् प्रतिस्पर्धी पदम राई र प्रिज्वल नेपालीलाई हराउँदै उनीहरु फाइनलमा प्रवेश गरेका हुन् ।

शुक्रबार टिम राजेश र टिम प्रविशाबाट अन्तिम ४ मा सबिना र साहिल प्रवेश गरेका छन् भने शनिबार टिम राजु र टिम प्रमोदबाट दुई जना फाइनलमा प्रवेश गर्ने छन् । यी चारमध्ये एक जना सिजन ४ को विजेता घोषणा हुनेछ ।

 

 

 

  • December 16, 2022 प्रकाशित
  • सम्बन्धित