म आफैँ तामाङ भएकाले तामाङबाटै प्रसंग उप्काउन चाहे । तामाङ के हो ? तामाङलाई किन उन्मुक्ति चाहियो ? वा आन्दोलनै गर्नुपर्ने परिस्थिति किन बन्यो ? ‘तामाङ’ एउटा जातिको नाम हो यसलाई राजनैतिक ‘पोलिटिकल्ली’ हेर्ने दृष्टिकोण फरक–फरक छन् । ‘इस्टाब्लिस पोलिटिकल थ्योरिज’ हरुको यो जातिको नामलाई हेर्ने दृष्टिकोण पनि फरक–फरक छन् । त्यसमाथि पनि ‘स्ट्याण्डर्ड’ तरिकाले हेर्ने दृष्टिकोण ३ वटा छन्– पहिलो हो, ‘लिबरल–फिलोसोफिकल’ धार ।
पहिलो धार
‘लिबरल–फिलोसोफिकल’ धारबाट हेर्ने हो भने यस्ले तामाङजस्तो कुनै पनि जाति, नाम वा राष्ट्रियतालाई ‘पोलिटिकल कन्सिटटुएन्सी’ को रुपमा मान्दैन । यस्ले केवल ‘अल म्यान आर जस्ट इन्डिभिजुअल (फ्रि म्यान)’ अर्थात् सबै मानिस स्वतन्त्र हुन्छन् भन्ने मान्यता राख्दछ । र, यो ‘यो इन्डिभिजुअल’ फ्रि म्यान अवधारणाबाट जन्मिन्छ । ‘लिबर डेमोक्रेसी’ वा ‘युनिभर्सल फ्रेन्चाइज’को अवधारणा भनेको ‘भोटिङ राइट’ हो । र, त्यो ‘भोटिङ राइट’मा ‘वान म्यान, वान भोट’ का आधारमा सरकार निर्माण गर्ने अवधारणा स्कटिस–इंग्लिस विचारकहरुले निर्माण गरे । साथै, यो अवधारणा विश्वभर छरियो र नेपालमा पनि आइपुग्यो अनि नेपालमा पनि यहिँ अवधारणाअनुसारको प्रजातन्त्र स्थापना हुनुपर्ने भन्दै आन्दोलन भए ।
तामाङ समुदाय पनि यहिँ खालको अवधारणा लागू भएमात्र मुक्ति मिल्नेमा विश्वस्त भए । र, २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा पनि सहभागी भए । तर, उता यो अवधारणलाई भने युरोपमा अस्वीकार गरियो । र, यो अवधारणा ‘अर्पाप्त’ छ भन्दै फेरि अर्काे नयाँ अवधारणा जन्मियो । त्यो नयाँ अवधारणा थियो– ‘माक्र्सिस्ट आइडिया’ अर्थात् वर्गहीन समाज । यो अवधारणाले सबै मानिसहरु स्वतन्त्र छैनन् भन्दै त्यसलाई वर्ग (आर्थिक) भनियो । नेपालमा पनि यो अवधारणा आइसकेपछि मूलतः तामाङहरुलाई ‘निम्न वर्ग, ग्रामिण किसान’ भनेर राखियो । र, त्यसलाई किसान विद्रोह भनियो । २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीले तामाङ जातिलाई पनि आह्वान गर्यो । त्यसपछि त्यो वर्गसंघर्षमा तामाङ पनि सहभागी बन्यो ।
दोस्रो धार
तामाङ मुक्तिको सवालमा दोस्रो धारको कुरा गर्दा दशवर्षे जनयुद्धका क्रममा ‘तामाङ राष्ट्रिय मुक्ति मोर्चा’ स्थापना भयो । यहिँ मोर्चामार्फत तामाङहरु भर्ति भएर तत्कालीन जनमुक्ति सेनामा तामाङहरुको उपस्थिति बलियो बन्यो । तीमध्ये अझैँ कति जीवित छन्, कयौँले सहादत्त प्राप्त गरे । मोर्चा र जनमुक्तिमा आबद्ध के का लागि थियो त ? केवल तामाङको राष्ट्रिय मुक्तिका लागि थियो । र, यस सवालमा कम्युनिष्टको प्रयोग बडा स्मार्ट छ । वर्गसंघर्ष र समाजवादी क्रान्ति हुँदै साम्यवादी स्थापनापछि मात्र सबै खाले मुक्ति मिल्ने भनियो । यस्लाई दर्शनशास्त्रमा ‘पोलिटिकल एस्कटलोजी’ भनिन्छ । साथै, ‘कम्युनिज्ममा पुग्छौँ जहाँ कुनै शोषण, विभेद हुँदैन’ भन्ने हेतुका साथ तामाङ गयो भने त्यो वास्तविक राजनीतिक हुन्छ, खाली ‘ताम्सालिङ’ वा ‘तामाङ’ मात्रै भन्दै गयो भने जातिवादी हुन्छ भन्ने व्याख्या विश्लेषण माकर््सवादमा गरिन्छ ।
तेस्रो धार
तेस्रो धारको मुक्तिमा विशुद्ध राष्ट्रिय मुक्ति आन्दोलनको सवाल उठ्यो । पर्शुराम तामाङको नेतृत्वमा ‘ताम्सालिङ राष्ट्रिय दल’ निर्माण भयो । र, यो दलको मुख्य उद्धेश्य तामाङको राष्ट्रिय मुक्ति आन्दोलन थियो । तर, यो आन्दोलन कमजोर बन्यो । किन बन्यो ? कसरी बन्यो ? भन्नेतिर लामो बहस जान्छ । खैर, यता नजाऔँ । नेपालका सबै खाले राष्ट्रिय मुक्तिका सवालमा दुईटा कुराहरु छन्– पहिलो, राष्ट्रिय मुक्ति क्रान्ति र दोस्रो, अब के गर्ने ? यी दुई पुस्तकले यसको समग्र जवाफ दिनेछ ।
तामाङ राष्ट्रिय मुक्ति आन्दोलन नेपालमा कम्युनिष्टहरुले प्रयोग गरी गरी थोत्रो बनाए । र, फेरि मासिन्या मतुवाली बनाइएको लाइन वा धार हो यो । त्यो धारलाई हामीले पूर्ण रुपमा अस्वीकार ‘रिजेक्ट’ गरेर विशुद्ध आदिवासी ‘इण्डिजिनियस’ धार निर्माण गर्नुपर्छ भनेर भनेका छौँ र यो विश्व परिप्रेक्ष्यमा नयाँ धारमा रुपमा दरिलो भएर देखा पनि परेको छ ।
‘रेभोलुसनरी इन्टरप्राइजेज’
कम्युनिष्टहरुले २ सय वर्षअघि गरेको क्रान्तिलाई सक्कली क्रान्ति मान्न सकिँदैन । र, त्यो महान क्रान्ति नभई ‘रेभोलुसनरी इन्टरप्राइजेज’ हो । नेपालमा त्यसको उदाहरण प्रचण्ड र बाबुराम हुन् । अबको पहिलो कदम भनेकै हामी ती क्रुक म्यान (बदमास) हरुको षड्यन्त्र (कन्सपिरेसी) बाट मुक्त हुनु हो ।
छोटकरीमा भन्ने हो भने आजको मितिदेखि तथाकथित क्रान्ति ‘सो कल्ड सोसिअलिस्ट रेभुलेसन’ बाट राष्ट्रिय क्रान्ति ‘नेसनल रेभुलेसन’लाई छुटाउनै पर्छ । यो सैद्धान्तिक विषय हो । ‘सो कल्ड सोसिअलिस्ट रेभुलेसन’ जहिल्यै पनि ‘नेसनल रेभुलेसन’लाई उपयोग गर्ने र हाम्रो टाउँकोमा जुन बन्दुक बजार्ने काम भएको छ । त्यसो भएकोले अब नेकपा होइन ताम्सालिङ दल कुनै पनि हालतमा चाहियो । नेकपाको अवधारण कुन रुपमा सफल, असफल भयो त्यो समीक्षाको पाटोमा छ तर कुनै पनि किसिमको कम्युनिष्ट पार्टीको षड्यन्त्र (कन्सपिरेसी) बाट जबसम्म ‘नेसनल रेभोलुसन मुभमेन्ट’ मा डोर्याउन सक्दैनौँ तबसम्म उस्को सेवक बन्नुबाहेक केही पनि हुँदैन ।
लेनिनदेखि प्रचण्डसम्म
माक्सिजमको इतिहास हेर्ने हो भने लेनिनदेखि नेपालमा प्रचण्डसम्म आइपुग्दा हामी (आदिवासी) खाली हतियारका रुपमा मात्र प्रयोग भयौँ । तामाङ राष्ट्रिय मुक्ति आन्दोलनपश्चात् तामाङ घेदुङ संघ, तामाङ संयुक्त संघर्ष समिति, ताम्सालिङ दल, तामाङ संघ हुँदै संघीय समाजवादी पार्टी बने । नेपाली कांग्रेसजस्तो प्रजातान्त्रिक दलले त सुरुमा यी सबलाई ‘बेकार’ को काम हो भने भने कम्युनिष्टचाहिँ प्रयोग गरे । पर्शुराम तामाङको सन्दर्भमा भन्नुपर्दा उनले जति बठ्याइँ गरेर बोले पनि तामाङको इतिहासले त्यो जज गर्ला ।
लेखक मोक्तान राजनीतिक विश्लेषक हुन्