अर्जेन्टिनाले विश्वकपको उपाधि जित्‍ने अध्यक्ष फुर्वा तेन्जिङको विश्वास
  • मूलधार

काठमाडौँ । नेकपा एमालेका भोजपुर–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष फुर्वा तेन्जिङ शेर्पाले यसपटकको फिफा विश्वकप अर्जेन्टिनाले जित्‍ने विश्वास व्यक्त गरेका छन् ।

उनले आफू मेस्सी र अर्जेन्टिनाको शुभचिन्तक रहेको र अर्जेन्टिनाले विश्वकप जित्‍नेमा विश्वास रहेको बताए । उनले भने,  ‘यो वर्ष अर्जेन्टिनाले, मेस्सी विश्व फुटबल जित्छन् भन्‍ने मलाई विश्वास छ ।’

फिफा विश्वकप सन् १९९४ बाट हेरेको र आफूलाई सबैभन्दा मनपर्ने टिम अर्जेन्टिना भएको उनको भनाइ छ । सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप जितेपछि नेपालमा अर्जेन्टिनालाई पछ्याउने गरेको उनले बताए ।।

उनले भने, ‘त्यो समयको आसपास नेपालमा टेलिभिजनको सुरुवात र डिएगो म्यारोडोनाको अर्जेन्टिनाले विश्वकप जितेपछि धेरै नेपाल अर्जेन्टिनाको समर्थक बनेका हुन् ।’

आफू अर्जेन्टिनी खेलाडीहरू डिएगो म्याराडोना, ग्याब्रिएल बाटिस्टुटा, हर्नान क्रेस्पो र लियोनल मेस्सीको ठूलो फ्यान भएको उनले बताए । कतारमा जारी विश्वकपमा मेस्सी र अर्जेन्टिनाको शुभचिन्तक रहेको र अर्जेन्टिनाले विश्वकप जित्‍ने दाबी गरे ।

मेस्सीको कारण अर्जेन्टिनाले २०२१ कोपा अमेरिकाको उपाधि जितेको उनको दाबी छ । मेस्सीको अन्तिम विश्वकप भएकाले पनि उनलाई उपाधि जित्नु दबाब रहेको अध्यक्ष शेर्पाको भनाइ छ ।

अर्जेन्टिना फुटबल टोलीमा अनुभवी खेलाडी एन्जेल डि मारिया, पाउलो डिबला, निकोलस ओतामेन्दी, लौटारो मार्टिनेज, रोड्रिगो डि पउल र मार्कोस आकुना भएकाले यो विश्वकपको उपाधि अर्जेन्टिनाले जित्ने उनको भनाइ छ ।

 

  • December 11, 2022 प्रकाशित
  • सम्बन्धित