संघीय संसदका महासचिवलाई सर्वाेच्चको चार प्रश्न– ‘के आधारमा महाभियोग निष्प्रभावी भएको हो ?’
  • मूलधार

काठमाडौं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरामाथिको महाभियोग निष्प्रभावी के कारणले भएको भन्दै पत्राचार गरेको छ ।

बुधबार सर्वाेच्च सहरजिष्ट्रार नारायणप्रसाद रेग्मीले संघीय संसदका महासचिव भरतराज गौतमलाई के कारणले जबराको महाभियोग निष्प्रभावी भएको भनिएको हो भनेर प्रश्न गर्दै पत्रचार गरेका हुन् ।

संघीय संसदका महासचिव गौतमले निलम्बित प्रधानन्यायाशी जबराको निलम्बन फुकुवा भएको भन्दै पत्र पठाएको थिए । र, उक्त पत्रका आधारमा निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च जान लागेपछि नेपाल बार एसोसिएसनले अदालत परिसरमा धर्ना सुरु गरेको थियो ।

तर, महाभियोग सम्बन्धमा एकाएक संघीय संसदको महासचिवबाट किन यसरी फुकुवा गर्ने काम भयो त ? सर्वाेच्चले त्यसको प्रश्नमार्फत जवाफ मागेको छ ।

सर्वाेच्चले प्रश्नमार्फत मागेको जवाफ यस्तो छ,

नयाँ प्रतिनिधि सभामा सो प्रस्ताव पेस हुने वा नहुने के हो ?

उक्त महाभियोग प्रस्ताव तत्कालिन प्रतिनिधि सभाको कार्यकाल समाप्त भएको मितिले निष्प्रभावी भएको भनिएको हो ? वा निर्वाचन भएको मितिले निष्प्रभावी भएको हो ?

अथवा महाभियोग लागेका सम्माननीय प्रधानन्यायाधीशले निवेदन दिनुभएको मितिले निष्प्रभावी भएको भनिएको हो ?

नवनिर्वाचित प्रतिनिधि सभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानूनी व्यवस्थाको आधारमा महासचिवले महाभियोगको प्रस्ताव निष्प्रभावी भएको भनी उल्लेख गर्नुभएको हो ?

  • December 7, 2022 प्रकाशित
  • सम्बन्धित