काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाभियोग निष्प्रभावी नहुने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।
बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने कार्यक्रममा पत्रकारले यसबारे प्रश्न गर्दा सरकारका प्रवक्ता कार्कीले निलम्बित प्रधानन्यायाधीश जबरामाथि लगाइएको महाभियोग जीवितै रहेको बताउँदै निष्प्रभावी नहुने बताएका हुन् ।
उनले पत्रकारहरुसँग भने, ‘अघिल्लो प्रतिनिधिसभामा चोलेन्द्रशमशेर जबराको महाअभियोगमाथि छलफल भएर त्यसको प्रतिवेदन अर्को गठित प्रतिनिधिसभामा छलफल हुने भनिएको थियो । यो विषय जीवितै छ । यो महाअभियोग सार्वभौमसम्पन्न संसदको सम्पत्ति हो । यसको छलफल अब आउने प्रतिनिधिसभामा हुन्छ र निर्णयमा पुग्छ ।’
सरकारका प्रवक्ता कार्कीका अनुसार महाअभियोग संसदको सम्पत्ति हो र अब बस्ने नयाँ संसदको बैठकमा यसबारे निर्णय लिन्छ ।
तर, उता संघीय संसद सचिवालयले भने चोलेन्द्रलाई महाभियोग निष्प्रभावी भएको पत्र दिइसकेको छ। र, उक्त पत्रका पत्रका आधारमा निलम्बित प्रधानन्यायाधीश जबरा सर्वाेच्च जान लागेपछि नेपाल बार एसोसिएसनले अदालत परिसरमा धर्ना सुरु गरेको छ ।
महाभियोग निष्क्रिय पार्ने निर्णय गैरकानूनी भएको बारको भनाइ छ । संसद् सचिवालयका महासचिवलाई महाभियोग निष्प्रभावी भएको पत्र पठाउने अधिकार नभएको बारको निष्कर्ष छ । आउन लागेका छन्। नेपाल बारलगायतले चोलेन्द्रलाई सर्वोच्च छिर्न नदिने बताइरहेका छन्।