‘तँलाई प्रकाश सुवेदी’ भन्दै जब शोभित बस्नेतले दशैँमा खसी मार हाने…
  • मूलधार

काठमाडौं । प्राय विवादमा आइरहने चलचित्र निर्देशक शोभित बस्नेतले रजतपट अंकल भनेर चिनिने प्रकाश सुवेदीका कारण आफूले कति टर्चर व्यहोर्नुपर्यो ? आजसम्म कतै नभनेको त्यो गोप्य कुरा खोलेका छन् ।

‘द प्रकाश सुवेदी शो’मा अतिथि बनेर आएका शोभित बस्नेतले प्रकाश सुवेदीसँगै उनकै शाेका कारण आफूले खप्नै नसकिने मानसिक तनाव लिनुपरेको र शरीर नै जिरिगं हुने खालको अभिव्यक्ति दिएको बताए ।

दशैँको समयमा शोभितले प्रकाश सुवेदीलाई खसी सम्झेर हार हानेको बताउँदै उक्त भिडियो भने अपलोड गर्न भुलेको पनि बताए । साथै, त्यतिबेला उनी यति आक्रोशमा थिए कि प्रकाश सुवेदीविरुद्ध जुनसुकै कदम पनि मोल्न पछि पर्र्दैनथे ।

उनले भनेका छन्- ‘मलाई यति टर्चर भएको थियो कि…दशैँमा मार हान्ने काम त म गर्छु । मैले मार हान्दा कसरी हानेको थिए भने, भिडियो खिचेको थिए र त्यो अपलोड गर्छु भनेर मार हानेको । मार हान्ने बेला खुकुरी उचाल्दै तँलाई प्रकाश सुवेदी भनेर काटेको थिएँ । तर भइदियो कस्तो भने जब गर्दनमा खुकुरी प्रहार भयो त्यतिबेला प्रकाश सुवेदी नाम उच्चारण भयो तर, भिडियो अपलोड गर्न पाइनँ । यो कुरा पहिले भनेको थिइनँ, आज भने तपाइलाईँ ।’

तर, त्यतिबेला जे जे भए पनि दुश्मनी मोलेर फाइदा नहुने पनि उनले बताएका छन् । उनका अनुसार मनमा किन दुश्मनी लिइराख्ने ?

‘त्यतिबेला मैले के गरे ? तपाईले के गर्नुभयो सकियो । दुृश्मनी पनि यस्तोसँग नगरौँ कि दोस्ती पनि नगरौँ जहाँ ठाउँ नहोस् । कुनैबेला तपाई स्क्रिप्ट लेख्नुहुन्थ्यो, म निर्देशन,’ उनले भनेका छन्, `दिपाजी होस्ट गर्नुहुन्थ्यो, तर आज अलगअलग छौँ । तर, मनमा किन लिइराख्ने ? त्यसैले जाउँ मनको कुरा बोलौँ भनेर आएँ । बोलेपछि कुरा सकियो ।’

  • December 4, 2022 प्रकाशित
  • सम्बन्धित