सीके राउतलाई विमलेन्द्र निधिले बालुवाटार लिएर गए, देउवासँग भेटेका राउत सरकारमा सामेल हुने
  • मूलधार

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत सरकारमा सामेल हुने भएका छन्। बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका अध्यक्ष राउतले सत्ता गठबन्धनसँग संघ र प्रदेश दुवैमा सहकार्य गर्दै सरकारमा पनि सामेल हुने बचन व्यक्त गरेका हुन् ।

दुईबीचको भेटवार्ता कांग्रेस नेता विमलेन्द्र निधिले गराएका छन् । निधिले नै बिहीबार दिउँसो अध्यक्ष राउतलाई प्रधानमन्त्री निवास बालुवाटार लिएर गएका थिए ।

दुईबीचको भेटघाटपश्चात् निधिले सामाजिक सञ्जाल ट्विटमार्फत लेखेका छन्, ‘अहिले भर्खरै जनमत पार्टीका अध्यक्ष, डा. सि के राउतलाई लिएर प्रधानमन्त्री शेर बहादुर देउवा संग बालुवाटारमा भेंट गराएर फर्कदैछु। दुवै जनामा सकरात्मक र परिणाम मुलक वार्ता भएको छ।
गठबन्धन र काँग्रेस संग संघिय र प्रदेश दुबै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ।’

अध्यक्ष राउतलाई बालुवाटार लैजानुअघि बुधबार निधिले उनीसँग छुट्टै भेटवार्ता गरेका थिए । सप्तरी २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भारी मतले पराजित गरेका अध्यक्ष राउतको पार्टीले प्रतिनिधिसभातर्फ एक सिट जित हासिल गरेको छ भने समानुपातिक मततर्फ ३ प्रतिशत थ्रेस होल्ड कटाइसकेको छ ।

  • December 1, 2022 प्रकाशित
  • सम्बन्धित