मंसिर २४ देखि बजारमा बुद्धि सागरको ‘एक्लो’
  • मूलधार

काठमाडौं । लेखक बुद्धि सागरको तेस्रो कृति ‘एक्लो’ उपन्यास आगामी मंसिर २४ (डिसेम्बर १०) मा बजारमा आउने भएको छ ।

लेखक स्वंयले सामाजिक सञ्जाल फेसबुकमार्फत मंसिर २४ गते तेस्रो कृति ‘एक्लो’ बजारमा आउन लागेको जानकारी दिँदै खुसी व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्, ‘मङ्सिर २४ (डिसेम्बर १०) देखि बजारमा ‘एक्लो’ आउने खबर सुनाउन पाउँदा खुसी लागेको छ ।’

यसअघि बुद्धिसागरका ‘कर्णाली ब्लुज’ र ‘फिरफिरे’ बजारमा आइसकेका छन् । यी दुवै कृतिले पाठकको मन औँधी जितेको छ । र, आज पनि यी दुई कृतिहरु पाठकले खोजी खोजी पढ्ने गर्छन् ।

  • December 1, 2022 प्रकाशित
  • सम्बन्धित