‘स्वतन्त्र’ भनेको बिनापार्टी हो, दल नखोलेको भए हुन्थ्यो कि : मेयर हर्क साम्पाङ
  • मूलधार

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले स्वतन्त्र भन्ने नाम पार्टीहिन रहेकोले उक्त शब्दलाई प्रयोग गरी दल गठन नगरेको भएका हुने बताएका छन् ।

बुधबार एक टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा मेयर साम्पाङले निर्वाचन आयोगले दलको मान्यता र चुनाव चिन्ह दिएर पनि राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा राम्रो मत परिणाम ल्याएको भए पनि ‘स्वतन्त्र’ शब्द राखेर दल गठन नगरेको भए हुने बताए ।

अन्तर्वार्ताकार सोध्छन्– ‘स्वतन्त्र नामको सदुपयोग भयो कि दुरुपयोग ? तपाई पनि स्वतन्त्र मेयर भएकोले ?’

मेयर साम्पाङ रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आयोगबाट दलको मान्यता र चुनाव चिन्ह पाइसकेको र निर्वाचनमा राम्रो नतिजा ल्याएको बताउँदै त्यसको डिप्लोमेटिक उत्तर दिन्छन्– ‘ स्वतन्त्र शब्दलाई त्यसरी प्रयोग गर्नचाहिँ नहुनुपर्ने हो । तर, निर्वाचन आयोगले दल दर्ताको स्वीकृति दिइसक्यो, चुनाव जितेर कति सिट जित्नुपनि हुन्छ होला । तर, स्वतन्त्र भनेको त बिनापार्टी हो नि त ! मैले डिप्लोमेटिकली उत्तर दिए– नराख्दा राम्रो हुन्थ्यो कि !’

 

  • December 1, 2022 प्रकाशित
  • सम्बन्धित