राजेशपायलले मनाए छोराको पास्नी (तस्वीर)
  • मूलधार

काठमाडौं । ‘राइज किङ’ अर्थात् राजेशपायल राईले आफ्नो छोराको पास्नी मनाएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत छोरा सायारेमको पास्नी मनाएको तस्वीर सार्वजनिक गर्दै ‘फस्र्ट राईस फिडिङ’ भनेर उल्लेख गरेका छन्

उनले लेखेका छन्, ‘फस्र्ट राईस फिडिङ यानेकी पास्नी दिदी राइसासँग सायारेम ।’

बाहिर राजेशपायलले खास विवाह गरेको होइन भन्ने अझैँ पनि अन्योल नै छ । र, उनले आफ्नो व्यक्तिगत विषयबारे कुनै मुख खोलेका छैनन् । तैपनि उनको यो स्टाटसले उनी बुवा हुन् भनेर भने पुष्टि गर्छ ।

यसअघि अविवाहित राजेशपायल बने बुवा भनेर सञ्चारमाध्यममा राजेशपायलको गसिपबारे छरपस्ट समाचार छाइसकेको छ । तैपनि राजेशपायल स्वंले भने आफू विवाहित हो या होइनन् कुनै मुख खोलेका छैनन् ।

  • November 30, 2022 प्रकाशित
  • सम्बन्धित