दोस्रो हाफको ३ मिनेटमा २ गोल गरेको दक्षिण कोरिया घानासँग पराजित
  • मूलधार

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा एसियाली राष्ट्र दक्षिण कोरियालाई घानाले पराजित गरेको छ । सोमबार भएको खेलमा घानाले दक्षिण कोरियालाई ३–२ गोलले पराजित गरेको हो ।

घानाका तर्फबाट मोहम्मद कुडुसले दुई गोल गरे भने मोहम्मद सालिसुले एक गोल गरे । दक्षिण कोरियाका तर्फबाट चो गुइ सुङले दुई गोल फर्काए ।

खेलको दोस्रो हाफमा दक्षिण कोरियाले दुई गोल फर्काउन सफल भएको थियो भने घानाले खेलको पहिलो हाफमा दुई गोल गरेको थियो । खेलको दोस्रो हाफमा एक गोल गरेको थियो ।

खेलको २४औँ मिनेटमा घानाका मोहम्मद सालिसुले गोल गर्दै अग्रता बनाउन सफल भएको थियो । फेरि खेलको ३४औँ मिनेटमा मोहम्मद कुडुसले पुनः एक गोल गरे ।

खेलको दोस्रो हाफमा ५८औँ र ६१औँ मिनेटमा सुङले गोल गर्दै कडा प्रदर्शन गर्यो । तर, खेलको ६८औँ मिनेटमा कुडुसले पुनः गोल गरेपछि कोरिया एक गोलले पछि पर्यो ।

त्यसपछि घानाविरुद्ध पटकपटक गोलको प्रयास गरे पनि असफल नै रह्यो ।

  • November 28, 2022 प्रकाशित
  • सम्बन्धित