‘मानवताको लागि संगीत’ नाराका साथ देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य
  • मूलधार

काठमाडौं । ‘मानवताका लागि संगीत’ नाराका साथ नेपथ्य ब्यान्ड एक महिने देशव्यापी सांगीतिक यात्रामा निस्कने भएको छ । नेपथ्यले यहिँ मंसिर १६ गते विराटनगरबाट कन्सर्ट थालनी गर्न लागेको हो ।

विराटनगरबाट सुरु हुने नेपथ्यको सांगीतिक यात्रा देशभरका प्रमुख सहरमा अघि बढ्नेछ । सांगीतिक यात्राको उद्धेश्य सांगीतिक मनोरञ्जन मात्र नभई मानवता प्रवर्द्धनका लागि रहेको नेपथ्यका प्रमुख गायक अमृत गुरुङले जानकारी दिए । उनका अनुसार सडकमा रहेका असहायहरुका लागि आश्रयस्थलको खोजीमा सहयोग गर्नु पनि कन्सर्टको उद्देश्य रहेको छ ।

देशव्यापी सांगीतिक यात्राका लागि नेपथ्यलाई यस कार्यक्रममा सामाजिक संस्था ‘मानव सेवा आश्रम’ले साथ दिएको छ । सिंगो समाज एउटै सूत्रमा गाँसिनु आवश्यक रहेको ठानेर आयोजना गर्न लागिएको सांगीतिक यात्रा आगामी पुस १६ गते काठमाडौंको भृकुटीमण्डपमा आएर समापन हुनेछ ।

 

 

  • November 28, 2022 प्रकाशित
  • सम्बन्धित