काठमाडौं । अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाँधिएका छन् । एयर होस्टेस करिश्मा केसीसँग सलोनको चन्द्रागिरिस्थित भालेश्वर मन्दिर क्षेत्रमा धुमधामका साथ विवाह चलिरहेको छ ।
विवाहमा आइतबारको रिसेप्सन पार्टीमा आउन छुटेका कलाकारहरु पनि पुगेका छन्। धेरै फिल्ममा सँगै काम गरेका अनमोल आइतबार रिसेप्सन पार्टीमा जान नपाएपनि सोमबार भने विवाह समारोहमा पुगेका छन् । उनीसँग उनका बुवा भुवन केसी पनि सँगै छन् ।
यस्तै, अभिनेत्री वर्षा राउतसँगै उनका पति एवं अभिनेता सञ्जोग कोइराला पनि विवाह समारोहमा चन्द्रागिरी पुगेका छन् । अभिनेत्री पूजा शर्मा पनि चन्द्रागिरी पुगिसकेका छन् ।
सलोनका मिल्ने साथी कलाकार आमेश भण्डारी, कोरियोग्राफर रामजी लामिछाने, कलाकार सुशान्त श्रेष्ठ पनि विवाह समारोहमा रहेका छन् ।