समानुपातिक मतगणना भइरहँदा झस्किए ओली, कार्यकर्तालाई चनाखो हुन दिए निर्देशन
  • मूलधार

काठमाडौं । प्रतिनिधिसभातर्फको जारी समानुपातिक मतगणनाप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चनाखो अपनाउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

एउटा पार्टीलाई आएको मत ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्ने गठबन्धनको पार्टीलाई जोड्ने खालका गतिविधि हुन सक्ने भन्दै ओलीले कार्यकर्तालाई चनाखो हुन भनेका छन् ।

उनले फेसबुकमार्फत भनेका छन्, ‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य पनि हुनसक्छ। जिल्ला जिल्लामा मतगणनामा रहनु भएका साथीहरू चनाखो रहनुहोस् । मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु।’

साथै, ओलीले जारी समानुपातिक मतगणना नियाल्दा पछिल्लो केही पार्टीको मत वृद्धि अस्वाभाविक भएको पनि बताएका छन् । उनले भनेका छन्, ‘समानुपातिक मतगणना भइरहेको छ। सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ।’

  • November 26, 2022 प्रकाशित
  • सम्बन्धित