हिउँ चितुवाको फोटो खिचेर भाइरल बनेकी कितियाको कीर्ते काम ?
  • मूलधार

काठमाडौं । ‘एक अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रमा ५००० मिटर भन्दामाथि पुगेर हिउँ चितुवाका केही सुन्दर दृष्यहरू आफ्नो क्यामेरामा कैद गर्नुभएको छ।’

गत ७ नोभेम्बरको १० बजेर १३ मिनेट जाँदा नेपालस्थित अमेरिकन दूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा घुम्न जाँदा खिचेको हिउँ चितुवाको तस्वीरको प्रशंसा गर्दै आफ्नो पेजमार्फत पनि सुन्दर दृश्य भन्दै तारिफ गर्यो ।

दूतावासले तस्वीर शेयर गर्न नपाउँदै सामाजिक सञ्जालमा कितियाको वाहीवाही भइसकेको थियो । अहिलेसम्म वन्यजन्तुको फोटो खिच्ने फोटोग्रोफरमध्ये उनले दुर्लभ चितुवाको दुर्लभ फोटो खिच्न सफल भएकी भन्दै उनको देश विदेशमा तारिफ हुन थाल्यो ।

नेपालमा त कतिसम्म भनियो भने– यहाँका पत्रकार, फोटोपत्रकार अरुका श्रीमात श्रीमती के गर्छन् भनेर चियोचर्चाे गर्छन् तर, विदेशी नेपाल आएर दुर्लभ फोटो खिचेर विश्व चिनाउँछ । यहिँ छनक दिने भाषा लेखेर नेपाली फोटोपत्रकार, फोटोग्राफरको खिल्ली उडाइयो ।

तर, पावलोस्कीभन्दा साढे दुई वर्षअघि नै सोलुखुम्बुका वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाले ‘घोस्ट अफ हिमालय’को नामले प्रख्यात हिउँ चितुवाको तस्वीर लिइसकेका थिए । तर, उनको फोटो कितियाजसरी भाइरल भएन ।

कितियाले १८ हजार फिटमा खिचेको दाबी गरेका ती ४ भाइरल फोटो अहिले कीर्ते भएको फेला परेको छ । अलपाइन इन्टरनेसनल म्यागाजिनले फोटोसम्बन्धी फ्याक्ट चेक गर्दा उक्त फोटोहरु फोटोसप सफ्टवेयर प्रयोग गरेर सिर्जना गरिएको रिपोर्टले देखाएको छ ।

फ्याक्ट चेकपश्चात् भनिएको छ, ‘चार फोटो। केवल चारसँग कुनै परिचय वा इतिहास हुँदैन । किटिया पावलोस्की, एक अमेरिकी फोटोग्राफर भएको दाबी गर्छन्। तर वाइल्डलाइफ फोटोग्राफीको संसारमा कसैले पनि उनको बारेमा सुनेका छैनन्। सामान्यतया हिमाली फोटोग्राफी (माउन्टेन फोटोग्राफी) को संसारमा पनि त्यस्तै हुन्छ । तर भर्खर फोटोखिच्न सुरु गरेका, सिकारु फोटोग्राफरलाई भाग्यवश मौका मिल्न सक्छ त्यस्तो दृश्य भेट्टाउन । र किटीया पवलोस्की हिउँ चितुवाको केही सटहरू भेट्टाउन भाग्यशाली हुन पनि सक्छिन् । हिमालयमा वर्षौं बिताए पनि केही मानिसहरूले मुस्किलले झुलुक्क मात्रै देख्नपनि सक्छ । तर समस्या तस्वीररूको प्रकृतिमा छ । तिनीहरूको संरचना, प्रकाश, तिनीहरूको स्थानमा छ । अर्को शब्दमा, तिनीहरूको सत्यतामा छ । समस्या तस्वीरहरूको प्रकृति, तिनीहरूको संरचना, प्रकाश, तिनीहरूको स्थानमा छ। अर्को शब्दमा, तिनीहरूको सत्यतामा समस्यमा छ ।’

५ फोटोमध्ये अरु खोइ ?

फ्याक्ट चेकको रिपोर्टले यो पनि देखाएको छ कि ४ फोटो हिउँ चितुवाको र एउटा उनको फोटोबाहेक अरु ग्यालरी (फोटो) चाहिँ खोइँ त ? कितियाकोे सामाजिक सञ्जाल इन्स्ट्राग्राममा चहार्दा शंका उत्पन्न भएको भन्दै फ्याक्छ चेक गर्दा फोटोग्राफरको इन्स्ट्राग्राममा जम्मा ५ वटा मात्रै फोटो रहेको र एउटा उनको छ । ‘तर, अरु ग्यालरी किन देखिएन ?’ म्यागेजिनले प्रश्न गरेको छ ।

कितियाले सार्वजनिक गरेका तस्वीरहरु नियाल्दा तस्वीरहरु अत्यन्त मनमोहक छन् तर ती तस्विरहरु कम्पयुटर सफ्टवेयरको मद्दतबाट एक भन्दा बढि तस्विरहरु जोडिएर बनाइएको रिपोर्टमा भनिएको छ । फ्याक्ट चेकले कितिया फोटोसपमा खप्पिस रहेको पनि देखाएको छ ।

फ्याक्ट चेकको रिपोर्ट बाहिरिएपछि फेसबुक डियाक्टिभेट

फ्याक्ट चेकको रिपोर्ट बाहिरिएपछि कितियाले आफ्नो फेसबुक डियाक्टिभेट गरेकी छन् । तर, उनको निजी अनलाइन कितिया पावलोस्की डटकम भिजिट गर्ने हो भने पहिलेको फोटोहरु जस्ताको तस्तै रहेका छन् ।

  • November 26, 2022 प्रकाशित
  • सम्बन्धित