काठमाडौं । हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका छिरिङ डम्दुल लामा (कार्चेन लामा) निर्वाचित भएका छन् ।
लामा ४ हजार ८५५ मतान्तरसहित निर्वाचित भएका हुन् ।
विजयी लामाले १४ हजार ३७१ मत ल्याउँदा निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका दल रावलले ९ हजार ५१६ मत ल्याए । यस्तै, राप्रपाका तेजबहादुर रावतले ३७९ मतमै चित्त बुझाए ।