काठमाडौं । चितवन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डे विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई पराजित गर्दै पाण्डे विजयी भएका हुन् ।
विजयी पाण्डेले ३४ हजार ३६२ मत ल्याउँदा अधिकारीले २४ हजार ६७१ मत ल्याए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४ हजार ७७९ मत पाइन् भने नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेका दिनेश कोइरालाले १२ हजार ५७ मत ल्याए ।
चितवन–३ मा डा. अधिकारीलाई सत्ता गठबन्धनको पूर्ण साथ रहेपनि निर्वाचनमा हार व्यहोरे ।