काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर– १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार छविलाल विश्वकर्मा निर्वाचित भएका छन् ।
निकटतम प्रतिद्धन्द्धी सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भूसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गर्दै विश्वकर्मा निर्वाचित भएका हुन् ।
पूर्व सहकर्मी विश्वकर्माले २४ हजार ८७२ मत ल्याउँदा भूसालले २१ हजार ३०८ मत ल्याए । एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट खोसेपछि भुसालले एमाले परित्याग गरेका थिए ।
एमाले परित्याग गरेपछि स्वतन्त्र उम्मेदवार बनेका भुसाललाई गठबन्धनको समर्थन थियो । गठबन्धनको समर्थन रहेपनि भुसालले चुनाव जित्न सकेनन् ।