‘लाइभ शो’ को पहिलो चरणमा ५ मध्ये कस्को प्रस्तुती कस्तो ?
  • मूलधार

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन–४’ को ब्लाइन्ड, ब्याटल, नकआउट हुँदै लाइभ शो शुक्रबारदेखि सुरु भएको छ । ‘लाइभ शो’ मा चार कोचबाट ३/३ जना गरी १२ जना पुगेका छन् । र, यी १२ मध्ये एक जना सिजन–४ को विजेता बन्नेछ ।

शुक्रबार लाइभ शो को पहिलो चरणको प्रस्तुती ५ जनाले दिएका छन् । शुक्रबार ५ जनाले प्रस्तुती दिए बाँकी ७ जनाको प्रस्तुती शनिबार हुनेछ । कोचमा रहेको सबै अधिकार दर्शकसामू पुगेकोले अब दर्शकले दिएको भोटका आधारमा अन्तिम चारमा पुगेर विजेता घोषणा गरिनेछ ।

शुक्रबार ५ जनामध्ये कस्को प्रस्तुती कस्तो ?

१. भुपेन्द्र रानापाल

‘लाइभ शो’ को पहिलो प्रस्तुती टिम राजेशपायलबाट भुपेन्द्र रानापालले ओर्जिनल स्वर रहेको ताराप्रकाश लिम्बूको ‘बेबी आइ लभ यू’ गीत गाए । उनले गीतलाई अति मीठास र सुमधरले गाएका थिए । तीनै चरण पार गरेर ‘लाइभ शो’ मा आएका भुपेन्द्रको गायकिलाई लिएर चारै जना कोचले प्रशंसा गरे ।

कोच राजेशले भुपेन्द्रमाथि लिएको विश्वास आज कायम गरेकोमा खुसी व्यक्त गरे । र, रिक्स मोलेर भुपेन्द्रलाई लाइभमा लिएर आउनु सगरमाथा चढ्नुजत्तिकै रिक्स मोलेको पनि कोच राजेशले बताए । अब कोचको अधिकार दर्शकमाझ पुगेकाले भुपेन्द्रलाई भोट गर्न खल्ती एपबाट गर्न सकिनेछ ।

२. रिहान गिरी

दोस्रो प्रस्तुती टिम राजुका रिहान गिरीले द एज ब्याण्डका जीवन गुरुङको ‘तिम्रो याद’ गाएका थिए । स्टेजमा खाली खुट्टै प्रस्तुती दिँदै आएका रिहानले लाइभ शो को दोस्रो प्रस्तुती उत्कृष्ट पस्किए । तीनै जना कोचले रिहानको प्रस्तुतीको तारिफ गरे । उनलाई पनि भोट गर्न खल्ती एप डाउनलोड गरेर भोट गर्न सकिनेछ ।

३. आशिष रायमाझी

कोच प्रमोदबाट तेस्रो प्रस्तुती आशिष रायमाझीले दिए । उनले अरुण थापाको कालजयी गीत ‘जति माया लाए पनि..’ गाएका थिए । आशिष साधारण तर, हरप्रकारका गीतहरु न्याय दिन सक्ने भन्दै कोच प्रमोदले उनको तारिफ गरे । र, लाइभ शोको प्रस्तुती दमदार रहेको पनि उनले बताए । साथै, आशिषलाई पनि खल्ती एपबाट भोट गर्न सकिनेछ ।

४. प्रिज्वल नेपाली

चौँथो प्रस्तुतीका लागि टिम प्रमिशाबाट प्रिज्वल नेपालीले प्रस्तुती दिए । उनले साजन राज वैद्यको ‘नगन्य माया’ बोलको गीत गाएका थिए । नाच्ने, गाउँने, बजाउने कलाका धनी प्रिज्वलको लाइभ शोको प्रस्तुती हेरर कोच राजेशले स्टेजमा पर्फम गर्न एकदमै गाह्रो गीतलाई अति राम्रोसँग गाएकाले उठेरै गायकिको प्रशंसा गरे । कोच प्रविशाले आफ्नो टिममा पर्नाले भाग्यमानी रहेको बताइन् । प्रिज्वललाई पनि खल्तीबाट भोट गर्न सकिनेछ ।

५. आशिष महर

‘लाइभ शो’ को पाँचौँ प्रस्तुती सुदूपश्चिमका आशिष महरले पस्किए । टिम प्रमाेदमा रहेका  उनले झलकमान गन्दर्वको ‘हे बरै’ गीत गाए । उनले गीतमार्फत भन्न खोजेको सन्देशलाई बचाएर प्रस्तुती दिए । र, चारै कोचले उनको गीतको प्रशंसा गरे । उनलाई पनि खल्ती एपबाट भोट गर्न सकिनेछ ।

  • November 25, 2022 प्रकाशित
  • सम्बन्धित