‘द भ्वाइस किड्स सिजन–२’ को डिजिटल अडिसन खुला, यसरी पठाउनुस् भिडियो
  • मूलधार

काठमाडौंँ । ‘द भ्वाइस किड्स सिजन–२’ को डिजिटल अडिसन खुला भएको छ । शुक्रबार ‘द भ्वाइस अफ नेपाल सिजन ४’ को लाइभ शोमार्फत कार्यक्रम प्रस्तोता एवं कार्यकारी निर्माता सुशिल नेपालले द भ्वाइस अफ किड्सको अडिसन सुरु भएको जानकारी दिएका हुन् ।

डिजिटल अडिसनका लागि हिमालय एचडी टिभीको एप डाउनलोड गरेर अडिसन दिन सकिनेछ । एप डाउनलोड गरेपश्चात् ६ वटा अडिसन सेक्सन रहेका छन् र ती सबै सेक्सनमा मागिएका कुराहरु पूरा गरेर भिडियो अपलोड गर्न सकिनेछ ।

डिजिटल अडिसनका लागि भिडियो पठाउँदा आफ्नो नाम र उमेर पनि सँगसँगै पठाउनुपर्नेछ ।

  • November 25, 2022 प्रकाशित
  • सम्बन्धित