काठमाडौं । कालीकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका नगीन्द्र शाहीलाई ८ हजार ६४ मतान्तरले पराजित गर्दै शाही विजयी भएका हुन् ।
नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यसमेत रहेका विजयी शाहीलेले २४ हजार ४७४ मत ल्याउँदा नगीन्द्रले १६ हजार ४१० मत पाए ।
०७० को दोस्रो संविधानसभा सदस्य र ०७४ मा प्रदेशसभामा चुनाव जितेका शाही कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुन् ।