भोजपुरबाट सुदनले चुनाव जिते, अब प्रचण्डले सुदनलाई रोजेकै मन्त्रालय देलान् कि प्रधानमन्त्री ?
  • मूलधार

काठमाडौं । ‘मैले सुदनजीलाई पुरानै ऋण तिर्नु छ । पहिला पनि मन्त्री बनाउन खोजिएकै हो सकिएन । अब निर्वाचित भएपछि रोजेकै मन्त्रालय दिन्छु । तपाईहरु सुदनलाई जिताएर पठाउनुस् ।’

यो भनाइ हो, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को । गत १६ नोभेम्बरमा भोजपुरको तिवारी भन्ज्याङमामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले भोजपुरवासीलाई सुदन किरातीलाई जितेर पठाए पूरानो ऋणमात्र होइन जुन मन्त्रालय भने त्यहिँ मन्त्रालय दिने भनेका थिए ।

एउटै निर्वाचन क्षेत्र रहेको भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा आज (बिहीबार) मंसिर ९ गते राति नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदन किरातीले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेरधन राईलाई २३८५ मतान्तरले पराजित गर्दै विजयी हासिल गरेका छन् । त्यो चुनावी कार्यक्रमभन्दा पहिले काठमाडौंका थापागाउँस्थित मण्डला नाटककघरमा पुस्तक लोकार्पण कार्यक्रममा सुदन प्रधानमन्त्री नै बन्न सक्ने र बनाइने पनि भनेका थिए । तर, चुनावी कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री शब्दलाई उकेरा लगाएनन्, रोजेकै मन्त्रालय दिने बचन व्यक्त गरे ।

भोजपुरबाट सुदनलाई जिताएर पठाउनुस्, पूरानो ऋण पनि तिर्छु, रोजेकै मन्त्रालय पनि दिन्छु : प्रचण्ड

विजयी किरातीले २८ हजार ५७८ मत ल्याउँदा शेरधनले २६ हजार १९३ मत प्राप्त गरे । किराँती २०६४ र २०७४ सालमा यहिँ क्षेत्रबा निर्वाचित सांसद हुन् । यो उनेको तेस्रो जित हो । र, सुदनले यसपटकको निर्वाचनमा जित हासिलसँगै ‘ह्याट्रिक’ मार्न पनि सफल भए ।

प्रचण्डको दाबी : ‘सुदन किराती प्रधानमन्त्री बन्नुहुन्छ, राष्ट्रपति ठूलो कुरो होइन’ (भिडियाे)

माओवादी पार्टीमा खरो र प्रखरवक्ताका रुपमा चिनिने सुदनलाई प्रचण्डले यसअघि पनि पटकपटक मन्त्री बनाउने आश्वासन दिए । तर, बनाएनन् । त्यसो त सुदन पदभन्दा पनि काममा विश्वास गर्ने भएकाले मन्त्री पद पनि मागेनन् । तर, चुनावी सभामा प्रचण्डले भनेजस्तो काम गर्ने र सक्षम व्यक्तिमध्येका सुदनलाई भनेकै मन्त्रालय अब देलाउन् कि नदेलान् हेर्न बाँकी छ ।

याे पनि :

भोजपुरमा सुदनको ‘ह्याट्रिक’, शेरधन सुदनसँग २३८५ मतले पराजित

जितपछि मतदातालाई सुदन किरातीको चिठी– ‘भोक, अशिक्षा र भ्रष्टाचार अन्त्य भएपछि मात्र विजयसभा’

  • November 25, 2022 प्रकाशित
  • सम्बन्धित