भोजपुरमा सुदनको ‘ह्याट्रिक’, शेरधन सुदनसँग २३८५ मतले पराजित
  • मूलधार

काठमाडौं । एउटै निर्वाचन क्षेत्र रहेको भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदन किरातीले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेरधन राईलाई २३८५ मतान्तरले पराजित गर्दै विजयी हासिल गरेका छन् ।

विजयी किरातीले २८ हजार ५७८ मत ल्याउँदा शेरधनले २६ हजार १९३ मत प्राप्त गरे । किराँती २०६४ र २०७४ सालमा यहिँ क्षेत्रबा निर्वाचित सांसद हुन् । यो उनेको तेस्रो जित हो ।

निर्वाचनमा ‘ह्याट्रिक’ मान सफल भएपछि किरातीले जिन्दावाद र मुर्दावादको नारा र सभा नगर्ने बताएका छन् । विजयी भएको घोषणा हुनुअघि नै किरातीले फेसबुकमार्फत् त्यतिबेला मात्र विजयी हुने जतिबेला भोक,अशिक्षा र भ्रष्टाचारको अन्त्य हुन्छ भन्दै लेखेका थिए ।

उनले लेखेका छन् :

आदरणीय मतदाता,

देश विदेशमा रहनुहुने आमा बाबा, दिदीबहिनी, दाजुभाइ, गठबन्धन दलका नेतागण तथा आम कर्यकर्ता साथीहरु साथै निर्वाचनलाई सफल पार्न अहोरात्र खटिनुहुने सम्पूर्ण कर्मचारी, शुरक्षा कर्मी, पत्रकार र कलाकार मित्रहरुमा सर्बप्रथम त हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।

अब,

जिन्दावाद र मुर्दावादको नारा लगाउँदै समय, शक्ति र सम्पति खर्च गरेर विजयसभा नगर्ने ।

त्यतिबेला मात्र हामी विजयी हुनेछौँ जतिबेला भोक,अशिक्षा र भ्रष्टाचार जस्ता हाम्रो महाशत्रुलाई परास्त गरी जनजिविकामा आम जनताको अधिकतम पहुँच वृद्धी गर्ने छौँ ।

राणा शासन ढालियो, राजा ढालियो, कहिले काँग्रेस ढालियो, कहिले कम्युनिष्ट ढालियो तर आफै भित्रको मुख्य शत्रु ढाल्न अझैँ सकिएको छैन । अब आफै भित्रको ति शत्रुमाथी निर्ममता पूर्वक प्रहार गरी विजय प्राप्त गर्नुछ ।

तपाईहरुलाई धन्यवाद प्रदान गर्न श्रमसंग जोडिएर गाउँ आउनेछु ।

विजयको नाममा गरिने भोज भतेर जस्ता फजुल खर्चले दुई घर परिवारको चुहुने फूसको छानो हटाई जस्तापाता हालिदिएर हाम्रो अभियानको आरम्भ गर्नेछु ।

अन्तमा– तपाईहरुले मलाई मत दिनुभयो अब म मन दिएर काम गर्नेछु, तपाईहरुले माया दिनु भयो म तपाईहरुलाई बिश्वास र भरोसा दिनेछु साथै कहिले धोका दिने छुईन । मलाई अबिर माला र खदा भन्दा पनि सगरमाथा जस्तै तपाईंइहरुको माया नै काफि छ कृपया माला अबिर र खदा लगाईदिएर दुख नगरिदिनु होला अब दुख गर्ने पालो मेरो हो म तपाईहरुको सेवक हुँ शासक होइन धन्यवाद !

उहिँ तपाईहरुको सुदन किराती

  • November 25, 2022 प्रकाशित
  • सम्बन्धित