भोजपुरबाट प्रतिनिधिसभामा सुदन किराती विजयी, शेरधन पराजित
  • मूलधार

काठमाडौं । एउटै निर्वाचन क्षेत्र रहेको भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदन किराती निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार शेरधन राईलाई पराजित गर्दै किराती निर्वाचित भएका हुन् ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेरधन राईलाई २३८५ मतान्तरले पराजित गर्दै सुदन विजयी भएका गरेका छन् । विजयी किरातीले २८ हजार ५७८ मत ल्याउँदा शेरधनले २६ हजार १९३ मत प्राप्त गरे । किराँती २०६४ र २०७४ सालमा यहिँ क्षेत्रबा निर्वाचित सांसद हुन् । यो उनेको तेस्रो जित हो ।

निर्वाचनमा ‘ह्याट्रिक’ मान सफल भएपछि किरातीले जिन्दावाद र मुर्दावादको नारा र सभा नगर्ने बताएका छन् । विजयी भएको घोषणा हुनुअघि नै किरातीले फेसबुकमार्फत् त्यतिबेला मात्र विजयी हुने जतिबेला भोक,अशिक्षा र भ्रष्टाचारको अन्त्य हुन्छ भन्दै लेखेका थिए ।

किरातीले आफू प्रतिनिधिसभामा निर्वाचित भएपछि जिन्दावाद र मुर्दावादको नारा लगाउँदै समय, शक्ति र सम्पति खर्च गरेर विजयसभा नगर्ने भनेका छन् । उनले भनेका छन्, ‘त्यतिबेला मात्र हामी विजयी हुनेछौँ जतिबेला भोक,अशिक्षा र भ्रष्टाचार जस्ता हाम्रो महाशत्रुलाई परास्त गरी जनजिविकामा आम जनताको अधिकतम पहुँच वृद्धी गर्ने छौँ ।’

पछिल्लो प्राप्त मत परिणामअनुसार किरातीले २६ हजार ३४९ मत पाएका छन् । किराती विजयी भए पनि अन्तिम परिणाम भने केही समयमै सार्वजनिक गरिने छ ।

अन्तिम मत परिणाम सार्वजनिक हुनुअघि उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका शेरधन राईले २४ हजार ९४ मत पाएका छन् । दुईबीचको मतान्तर २ हजार २५५ रहेको छ ।

यस्तै, नेपालका लागि नेपाली पार्टीका डा. सुरेश बस्नेतले १०७४ मत पाएका छन् भने जनता समाजवादी पार्टी, नेपालका ध्रुव छाङछा दुमिहाङ राईले ७३२ मत पाएका छन् ।

आदरणीय मतदाता,देश बिदेशमा रहनुहुने आमा वावा, दिदी बहिनी, दाजु भाइ, गठबन्धन दलका नेतागण तथा आम कर्यकर्ता साथीहरु साथै निर्बाचनलाई सफल पार्न अहोरात्र खटिनु हुने सम्पूर्ण कर्मचारी, शुरक्षा कर्मी, पत्रकार र कलाकार मित्रहरुमा सर्बप्रथम त हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।

अब,

जीन्दावाद र मुर्दावादको नारा लगाउँदै समय, शक्ति र सम्पति खर्च गरेर बिजयसभा नगर्ने ।

त्यतिबेला मात्र हामी बिजयी हुनेछौँ जतिबेला भोक,अशिक्षा र भ्रष्टाचार जस्ता हाम्रो महाशत्रुलाई परास्त गरी जनजिविकामा आम जनताको अधिकतम पहुँच बृद्धी गर्ने छौँ ।

राणा शासन ढालियो,राजा ढालियो, कहिले काँग्रेस ढालियो,कहिले कम्युनिष्ट ढालियो तर आफै भित्रको मुख्य शत्रु ढाल्न अझै सकिएको छैन । अब आफै भित्रको ति शत्रुमाथी निर्ममता पूर्वक प्रहार गरी बिजय प्राप्त गर्नुछ

तपाईहरुलाई धन्यवाद प्रदान गर्न श्रमसंग जोडिएर गाउँ आउनेछु ।

बिजयको नाममा गरिने भोज भतेर जस्ता फजुल खर्चले दुई घर परिवारको चुहुने फूसको छानो हटाई जस्तापाता हालिदिएर हाम्रो अभियानको आरम्भ गर्नेछु ।

अन्तमा ( तपाईहरुले मलाई मत दिनुभयो अब म मन दिएर काम गर्नेछु, तपाईहरुले माया दिनु भयो म तपाईहरुलाई बिश्वास र भरोसा दिनेछु साथै कहिले धोका दिने छुईन । मलाई अबिर माला र खदा भन्दा पनि सगरमाथा जस्तै तपाईंइहरुको माया नै काफि छ कृपया माला अबिर र खदा लगाईदिएर दुख नगरिदिनु होला अब दुख गर्ने पालो मेरो हो म तपाईहरुको सेवक हुँ शासक होइन धन्यवाद १

                                                           उहि तपाईहरुको सुदन किराती

  • November 24, 2022 प्रकाशित
  • सम्बन्धित