बर्दिया । बर्दिया–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार संजय कुमार गौतम विजयी भएका छन् ।
निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लक्ष्मणराज ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले हराउँदै गौतम विजयी भएका हुन् ।
विजयी गौतमले ३० हजार ६११ मत ल्याउँदा ज्ञवालीले २६ हजार १५५ मत ल्याए । यस्तै नागरिक उन्मुक्ति पार्टीका ठाकुर सिंह थारूले २३ हजार ९९३ मत ल्याउन सफए भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवेश भुसालले ११ हजार ४ मत पाए ।