काठमाडौं । कञ्चनपुर निर्वाचन क्षेत्र नं–१ बाट नेकपा एमालेका तारा लामा तामाङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
निकटतम प्रतिस्पर्धी सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार विना मगरलाई पराजित गर्दै तामाङ विजयी भएका हुन् ।
विजयी तामाङले विनालाई ४ हजार ९११ मतान्तरले पराजित गरेका छन् । तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत पाइन् ।