धादिङ–१ बाट प्रतिनिधिसभामा राजेन्द्र पाण्डे विजयी, कमेडियन हिमेश पन्त तेस्रो
  • मूलधार

काठमाडौं । धादिङ १ बाट नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पाण्डेले एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई पराजित गर्दै विजयी भएका हुन् ।

विजयी पाण्डेले ३५ हजार ९३४ मत ल्याउँदा एमालेका त्रिपाठीले २७ हजार ९५३ मत ल्याए । २०७४ को निर्वाचनमा यस क्षेत्रबाट भारी मतका साथ विजयी बनेका त्रिपाठी यसपटकको निर्वाचनमा हार व्यहोरे ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमेडियन हिमेश पन्तले १२ हजार ५६ मत ल्याए ।

  • November 24, 2022 प्रकाशित
  • सम्बन्धित