भोजपुरमा सुदन किराती २२५५ मतले अघि, २४०९४ मतका साथ पछ्याउँदै शेरधन
  • मूलधार

काठमाडौं । भोजपुरमा सुदन किरातीको अग्रता कायम रहेको छ । पछिल्लो प्राप्त मत परिणामअनुसार किरातीले २६ हजार ३४९ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका शेरधन राईले २४ हजार ९४ मत पाएका छन् । दुईबीचको मतान्तर २ हजार २५५ रहेको छ ।

यस्तै, नेपालका लागि नेपाली पार्टीका डा. सुरेश बस्नेतले १०७४ मत पाएका छन् भने जनता समाजवादी पार्टी, नेपालका ध्रुव छाङछा दुमिहाङ राईले ७३२ मत पाएका छन् ।

  • November 24, 2022 प्रकाशित
  • सम्बन्धित