काठमाडौं । डोल्पा प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का धनबहादुर बुढा विजयी बनेका छन् ।
निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका गणेशबहादुर शाहीलाई दोब्बर मतले हराउँदै बुढा विजयी बनेका हुन् ।
बुढाले ११२२५ मत ल्याउँदा शाहीले ५४९८ मत पाए। डोल्पामा जित हासिल गरेसँगै एकीकृत समाजवादीले प्रतिनिधिसभातर्फ ८ सिटमा जित हासिल गरेको छ ।