रौतहट । रौतहट क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी भएका छन् ।
निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाललाई ७ हजार २३७ मतान्तरले हराउँदै साह विजयी भएका हुन् ।
विजयी साहले ३२ हजार ४३७ मत पाउँदा जयसवालले २५ हजार २ सय मत ल्याए । माओवादी केन्द्रका उम्मेदवार रविन्द्र पटेलले ३ हजार ६५८ मत प्राप्त गरे ।