जाजरकोटबाट प्रतिनिधिसभामा माओवादीका शक्ति बस्नेत निर्वााचित
  • मूलधार

काठमाडौं । जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका शक्ति बस्नेत निर्वााचित भएका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निरज आचार्यलाई पराजित गर्दै बस्नेत निर्वाचित भएका हुन् । बस्नेतले ३४ हजार १ सय ५१ मत ल्याए भने आचार्यले २५ हजार १ सय २० मत ल्याए।

२०७० र २०७४ को निर्वाचनमा पनि यहिँ क्षेत्रबाट निर्वाचित बस्नेतले पुनः तेस्रोपटक जित हासिल गरेका छन् । बस्नेत २०६८ सालमा स्वास्थ्य मन्त्री, २०७२ सालमा गृहमन्त्री र २०७४ सालमा वन मन्त्री बनिसकेका छन्।

  • November 24, 2022 प्रकाशित
  • सम्बन्धित