कञ्चनपुर–२ बाट प्रतिनिधिसभामा कांग्रेसका एनपी साउद विजयी
  • मूलधार

काठमाडौं । कञ्चनपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका एनपी साउद विजयी भएका छन्। निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीलाई हराउँदै उनी निर्वाचित भएका हुन् ।

धामीलाई ६ हजार ४५५ मतले पराजित गरेका साउदले २८ हजार १ सय मत ल्याए भने धामीले २१ हजार ६४५ मत पाएका छन्। ६४ हजार ७५२ मत खस्दा राष्ट्रिय स्वतन्त्र पार्टीका झंकरराज जोशी ४ हजार ९३१ मत पाए ।

साउद २०७४ को निर्वाचनमा धामीसँगै पराजित भएका थिए। तर, यसपटक सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका साउदले धामीलाई पराजित गरे ।

  • November 24, 2022 प्रकाशित
  • सम्बन्धित