काठमाडौं । रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुन विजयी भएका छन् ।
निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बुढामगरलाई पराजित गर्दै पुन निर्वाचित भएका हुन् ।
पुनले ४१ हजार ७१४ मत ल्याउँदा एमालेका बुढामगरले १६ हजार ४८५ मत ल्याए । २०७४ सालमा रोल्पाबाट पुन नै सांसद बनेका थिए ।