भोजपुरमा सुदन किराती मतान्तर बढाउँदै, शेरधन २३७४ मतले पछि
  • मूलधार

काठमाडौं । एउटै निर्वाचन क्षेत्र रहेको भोजपुरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदन किरातीले मतान्तर फराकिलो बनाएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेरधन राईलाई २ हजार ३७४ मतले पछि पार्दै किरातीले मतान्तर बढाइरहेका छन् ।

निर्वाचन आयोगबाट प्राप्त पछिल्लो मत परिणामअनुसार २५ हजार १३४ मत गणना हुँदा किरातीले १२ हजार ५२ मत प्राप्त गरेका छन् । एमालेका राईले ९ हजार ६ सय ७८ मत प्राप्त गरेका छन् ।

यसैगरी जनता समाजवादीका ध्रुव छाङछाङ दुमिहाङ राईले ३ सय ५५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सय ९५, हाम्रो नेपाली पार्टी लौरोले १ सय २७, नेपालका लागि नेपाली पार्टी शंख ५ सय ६६ मत पाएका छन् ।

  • November 24, 2022 प्रकाशित
  • सम्बन्धित