काठमाडौं । सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभामा सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका माधव सापकोटा निर्वाचित भएका छन् ।
निकटतम प्रतिस्पर्धी एमालेका सरेश नेपाललाई ३ हजार ३ सय ५६ मन्तातरले पराजित गर्दै सापकोटा निर्वाचित भएका हुन् ।
सापकोटाले ३० हजार ३ सय ७४ मत ल्याउँदा नेपालले २७ हजार १८ मत ल्याउन सफल भए । यसैगरी राप्रपाका नारायण पाण्डेले १ हजार ६ सय ४७, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश श्रेष्ठले ३ हजार ४ सय ९८ मत ल्याए