काठमाडौं । गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका रामशरण बस्नेतलाई हराउँदै नेपाली कांग्रेसका राजेन्द्र बजगाईं निर्वाचित भएका छन् ।
बजगाईले ३३ हजार ४२८ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी बस्नेतले १६ हजार ७८५ मत पाए ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाहाले ४ हजार ८९२ मत पाएका छन् ।
यस क्षेत्रबाट ०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका हरि अधिकारी सांसद भएका थिए ।