जापानसँग जर्मनी २–१ ले पराजित
  • मूलधार

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा जर्मनीविरुद्ध जापानले २ गोल गर्दै पहिलो जित हासिल गरेको छ । पहिलो हाफमा १–० गोलले पछि परेको जापानले दोस्रो हाफमा २ गोल फर्काएको हो ।

जापनका रित्सु डोओनले खेलको ७५औँ मिनेटमा गोल गर्दै १–१ गोलको बराबरी बनाए । त्यसपछि ८३औँ मिनेटमा ताकुमा असानोले खेलको गोल गर्दै जापानलाई २–१ गोलको अग्रता दिलाए ।

खेलको आठौँ मिनेटमा जापानका डाइजेन माएडाले गोल गरेपनि अफसाइड भएको कारण उनको गोलले मान्यता पाएन । खेलको १७औँ मिनेटमा एन्टोनियो रुडिगरले कर्नरबाट आएको बललाई हेड गर्दै गोल गर्ने प्रयास गरे । तर उनले गरेको हेडर बल पोस्ट नजिकैबाट बाहिरियो ।

जर्मनीका तर्फबाट खेलको ३३औँ मिनेटमा जर्मनीका इल्काए गुन्डोगनले पेनाल्टीबाट गोल गर्दै १–० गोलको अग्रता दिलाए । र, पहिलो खेलमा जर्मनी जापानसँग १ गोलमै चित्त बुझाउन बाध्य भयो ।

  • November 23, 2022 प्रकाशित
  • सम्बन्धित