काठमाडौं । बारा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ निर्वाचित भएका छन्।
एकीकृत समाजवादीको प्रतिनिधिसभातर्फ यो दोस्रो जित हो । श्रेष्ठ प्रतिनिधिसभामा निर्वाचित भए पनि अन्तिम मत परिणाम आउन भने बाँकी रहेको छ ।
एमालेका एकवाल मियालाई हराउँदै प्रतिनिधिसभामा चुनिएका श्रेष्ठले ०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचन जितेका थिए।