भोजपुरमा शेरधनले सुदनलाई भेट्टाउन सकेनन्, १९८५ मतले पछि
  • मूलधार

काठमाडौं । प्रतिनिधि सभामा एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा सुदन किरातीको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणामअनुसार किराती नेकपा एमालेका शेरधन राईभन्दा झण्डै २ हजार मतान्तरले अघि छन् ।

प्रदेश १ का पूर्वमुख्यमन्त्रीसमेत रहेका राईले ७०८० मत प्राप्त गरेका छन् भने किरातीले ९०६५ मत प्रदान गरेका छन् ।

शेरधनभन्दा सुदन १९८५ मतसहित अघि रहेका छन् । किराती सुरुवाती चरणदेखि नै अग्रता लिइरहेका छन् ।

  • November 23, 2022 प्रकाशित
  • सम्बन्धित