काठमाडौं । ओखलढुंगाबाट भारी मतान्तरका साथ नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
२०७४ मा नेकपा एमालेका निकटतम प्रतिद्धन्द्धी यज्ञराज सुनुवारसँग पराजित खतिवडा यसपटकको निर्वाचनमा भारी मतान्तरका साथ निर्वाचित भएका छन् ।
आफ्ना निकटतम प्रतिद्धन्दी नेकपा एमालेका यज्ञराज सुनुवारलाई ६ हजार ८ सय १८ मतको फराकिलो मतान्तरले हराउँदै खतिवडा विजयी बनेका हुन् ।
विजयी खतिवडाले ३३ हजार ५ सय ५६ मत ल्याउँदा सुनुवारले २६ हजार ७ सय ३८ मत प्राप्त गरेका थिए । सुनुवार यसअघि २ पटक सांसद भैसकेका छन भने खतिवडा पूर्व संविधान सभा सदस्य समेत हुन् ।
१ लाख १७ हजार ८ सय ९७ कुल मतदाता रहेको ओखलढुंगामा ६४ हजार ९ सय ९२ मत खसेको थियो ।