काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई हराउँदै ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन् ।
बुधबार सम्पन्न भएको मतगणनाअनुसार बुढाक्षेत्रीलाई भट्टराईले २०४ मतान्तरले पराजित गरेका छन् । यहिँ क्षेत्रबाट भट्टराई लगातार दोस्रो पटक सांसद चुनिन सफल भएका छन् । एमालेका सचिवसमेत रहको उनी २०७४ को निर्वाचनमा पनि यहिँ क्षेत्रबाट सांसद बनेका थिए ।
भट्टराईले २१ हजार ९४३ मत पाउादा निकटतम् प्रतिद्वन्द्वी खेलप्रसादले २१ हजार ७५३ मत पाएका छन् ।