मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पर्सा–१ (२) बाट प्रदेशसभामा निर्वाचित
  • मूलधार

काठमाडौं । जनता समाजवादी पार्टी बाट पर्सा–१ (२) का उम्मेदवार मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामनारायणप्रसाद कुर्मीलाई पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । राउतले ७ हजार ५४५ मत पाउँदा कुर्मीले ६ हजार २१२ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विनयकुमार झा रहेका छन् । उनले २ हजार ८४१ पाएका छन् । यस्तै, हाम्रो नेपाली पार्टीका ओमप्रकाश सर्राफले २ हजार ४१ मत प्राप्त गरेका छन्।

  • November 23, 2022 प्रकाशित
  • सम्बन्धित