काठमाडौं । सन् २०१८ को विश्वकप विजेता फ्रान्सविरुद्ध अष्ट्रेलियाले खेलको नवौँ मिनेटमा अग्रता लिएको छ ।
खेलको नवौँ मिनेटमा क्राइग गोडविनले गोल गर्दै अस्ट्रेलियालाई १–० गोलको अग्रता दिलाएका हुन् ।
जारी खेलमा फ्रान्स जसरी पनि जित निकाल्ने पक्षमा छ भने अस्ट्रेलियाले उत्तिकै आक्रमक रुपमा खेल खेलिरहेको छ ।