ललितपुर–१ मा कांग्रेसका उदयशमशेर राणा निर्वाचित, नवराज सिलवालसँग लिए ०७४ को बदला
  • मूलधार

काठमाडौं । ललितपुर–१ मा नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् ।

निर्वाचन आयोगबाट प्राप्त अन्तिम मत परिणामअनुसार राणाले २३८९२ मत ल्याएका छन् भने नेकपा एमालेका सिलवालले १९२७८ मत ल्याएका छन्। उनीहरूबीचको मतान्तर ४६१४ छ।

यहिँ क्षेत्रबाट २०७४ सालमा वाम गठबन्धनबाट सिलवालले उदयशमशेरलाई पराजित गरेका थिए । तर, यसपटक नेकपा माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन भएसँगै उदयशमशेरले अघिल्लो निर्वाचनको हारको बदला लिएका छन्।

 

  • November 23, 2022 प्रकाशित
  • सम्बन्धित