ओखलढुंगा प्रदेश सभा १ मा कांग्रेसका सुनुवार विजयी
  • मूलधार

  • राज दयाल

ओखलढुंगा । आम निर्वाचन २०७९ अन्तर्गत ओखलढुंगा प्रदेश सभा क्षेत्र नं. १ मा गठबन्धन तर्फका साझा उम्मेदवार नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार विजयी भएका छन ।

विजयी सुनुवारले १४ हजार ९ सय १६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अम्बिरबाबु गुरुङले १४ हजार ५ सय ५६ मत ल्याएका थिए । उनीहरुबीचको मतान्तर ३६० छ ।

गुरुङ प्रदेश नम्बर १ का पूर्व भौतिक पूर्वाधार मन्त्री हुन भने सुनुवार जिल्लामा नेपाली कांग्रेसका लोकप्रिय नेताका रुपमा चिनिन्छन् । प्रदेश सभा क्षेत्र नम्बर १ मा विभिन्न दलबाट ५ जनाले उम्मेदवारी दिएका थिए । जसमा जनता समाजबादी पार्टी (जसपा) का खेमराज खड्काले १ हजार ८० मत पाएका छन् भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नबराज खत्रीले ६६ मत प्राप्त गरेका छन् । यता मंगोल नेशनल अर्गनाईजेसनका लाक्पा शेर्पाले १० मत प्राप्त गरेका थिए ।

  • November 23, 2022 प्रकाशित
  • सम्बन्धित