काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई पराजित गर्दै काठमाडौं क्षेत्र नंम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित भएका छन् ।
भर्खरै प्राप्त मतगणनाको अन्तिम परिणामअनुसार पौडेलले १५ हजार २३७ मत प्राप्त गरेका छन् भने एमालेका पोखरेलले १० हजार १७२ मत प्राप्त गरेका छन् । औपचारिक मत परिणाम केहीबेरमा सार्वजनिक हुँदैछ ।